अन्य देशका कामदारहरू सहित, क्रोएसियामा कार्यरत सबै व्यक्तिहरूको कामसँग सम्बन्धित समान अधिकारहरू छन्। उनीहरू मुख्य रूपमा तेस्रो देशका नागरिकहरू नै हुन्, जसले कार्यस्थलमा आफ्नो अधिकार उल्लङ्घनको आरोप सहितको गुनासोहरू लिएर हामी कहाँ आउँछन्।

तसर्थ, उनीहरूले प्रायः काम अनुमति (वर्क पर्मिट), रोजगारी सम्झौता बिना काम गरेको, रोजगारदाताले उनीहरूलाई अनुबंधित भुक्तानी नगरेको, र कहिलेकाहीँ न्यूनतम तलब वा ओभरटाइमको लागि बढेको तलब पनि नदिने जस्ता कार्य गरेको, उनीहरूलाई साप्ताहिक वा वार्षिक बिदा लिने अधिकारबाट वञ्चितगराएको, साथै रोजगारदाताले उनीहरूलाई रोजगारी समाप्त भएपछि अप्रयुक्त वार्षिक बिदाको लागि क्षतिपूर्ति पनि नतिरेको बताउँछन्। उनीहरूलाई रोजगारदाताले तलबको सबै हिसाब नदिएको गुनासो गरेका छन्, र केहीले उनीहरूलाई काममा एक वा बढी चोटपटक लागेको कुरा औँल्याए जुन रोजगारदाताले क्रोएसियाली स्वास्थ्य बीमा संस्थानमा रिपोर्ट गरेका थिएनन्। काममा दुव्र्यवहार औँल्याउँदै हामीलाई बताउने उनिहरु पनि थिए।

गुनासोहरूले यो पनि देखाउँछ कि प्राय उनीहरूलाई आफ्नो अधिकारको रक्षा गर्न कसको मा कहाँ जान सकिन्छ भन्ने बारे कुनै जानकारी छैन। त्यसैले हामी सबैभन्दा सामान्य समस्या र सामान्य कानुनी जानकारीको एक सर्वेक्षण प्रदान गर्दछाै जुन प्राय हामी विदेशी कामदारहरूलाई उनीहरूसँग सम्बन्धित संस्थाहरूको सम्पर्कहरू सहित दिन्छौँ। यो जानकारी क्रोएसियामा कार्यरत सबै व्यक्तिहरूको लागि मान्य हुनेछ, नागरिकताको पर्वाह नगरी, र धेरै कारणहरूले गर्दा यस पाठमा हामी विदेशी कामदारहरू, तेस्रो देशका नागरिकहरूलाई जोड दिन्छौँ: क्रोएसियामा विदेशी कामदारहरूको संख्यामा वृद्धि, बढ्दो संख्यामा विदेशी कामदारहरूको उजुरी, श्रमिक, रोजगार सम्बन्धबाट आफ्नो अधिकारको बारेमा उनीहरूलाई हुने जानकारीको अभाव र सार्वजनिक रूपमा त्यस्ता लक्षित जानकारीको अपर्याप्त उपलब्धता।

 

समस्याहरू:

  • अघोषित काम (वर्क परमिट, रोजगार सम्झौता, सक्षम पेन्सन र स्वास्थ्य बीमा अधिकारीहरूलाई रिपोर्ट नगरेको काम)
  •  दैनिक वा साप्ताहिक बिदाको अधिकार बिनाको काम
  • अवैध र भुक्तान नगरिएको थप समय (ओभरटाइम)
  • तलब नतिरिएको
  • रोजगारी समाप्त भएपछि अप्रयुक्त वार्षिक बिदाको लागि तलब क्षतिपूर्तिको भुक्तानी नगरिएको
  • अप्रयुक्त वार्षिक बिदाको लागि तिरेको र बकाया तर भुक्तान गरिएको र/वा तलब क्षतिपूर्तिको गणनाको वितरण नगरिएको

 

के गर्ने? यी समस्याहरू क्रोएसिया गणतन्त्रको राज्य निरीक्षणालयमा उजुर गरिनुपर्छ।

कसरी उजुरी(रिपोर्ट) गर्ने? फारम प्रयोग गरेर राज्य निरीक्षकको जुन वेबसाइटमा उपलब्ध छ। फारम यहाँ उपलब्ध छ

तपाईंले जाग्रेब, स्प्लित, रिजेका, ओसिजेक र भराजदिनको ड्यूटीमा खटिएका श्रम निरीक्षकबाट कसरी रिपोर्ट पेश गर्ने बारे थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले उनीहरूको सम्पर्क र काम गर्ने समय यहाँ पाउन सक्नुहुन्छ

प्रतिवेदनमा के लेख्नुपर्छः

  • तपाईंको नाम र थर
  • आवासीय ठेगाना
  • नागरिकता (यदि तपाईं विदेशी कामदार हुनुहुन्छ भने)
  • रोजगारदाताको बारेमा जानकारी (कम्पनीको मुख्य कार्यलयको नाम र ठेगाना वा प्राकृतिक व्यक्ति, व्यवसाय मालिकको रोजगारदाताको नाम र थर)
  • रोजगारदाताको लागि तपाईंको कामको क्रममा सबै महत्त्वपूर्ण तथ्यहरू र परिस्थितिहरू
  • अधिमान्य रूपमा रोजगार सम्झौता संलग्न गर्नुहोस् (यदि तपाईंसँग छ भने)।

के राज्य निरीक्षकले प्रतिवेदन पेश गर्ने व्यक्तिहरूको पहिचानको सुरक्षा गर्नेछ? राज्य निरीक्षकको कानून अनुसार, निरीक्षकहरूमाथि निवेदक (रिपोर्ट) को पहिचानको सुरक्षा गर्ने दायित्व छ, “जबसम्म यो मामलाको प्रकृतिको कारणले सम्भव छैन वा विशेष कानूनद्वारा तोकिएको छ।” पहिचान नखुल्ने गरी रिपोर्ट पेश गर्न पनि सम्भव छ।

राज्य निरीक्षकले प्रतिवेदनको के गर्‍यो खोज्न चाहनुहुन्छ? राज्य निरीक्षणालयले के निर्धारण गरेको छ र रोजगारदाता विरुद्ध के कदम चालेको छ भन्ने बारे जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने, तपाईंले कामदारको नाम र थर, क्रोएसिया वा विदेशमा रहेको आवासीय ठेगाना (यदि विदेशी कामदारले क्रोएसिया छोडेको छ भने) रिपोर्टमा उल्लेख गर्नुपर्छ।

के कामदारले नै रोजगारदातालाई उजुर गर्नुपर्छ? पर्दैन, कामदारलाई कानुनबमोजिम व्यवहार नगरेको शंका लागेमा निजलाई काम नगर्ने व्यक्तिले, रोजगारदातालाई त्यसरी नै उजुर गर्न सक्छ।

 

समस्या: तपाईंलाई तपाईंको रोजगारदाताले तपाईंको जानकारी बिना (पेन्सन र स्वास्थ्य बीमाबाट) दर्ता रद्द गरेको जस्तो लाग्छ

के गर्ने? तपाईंको रोजगारदाताले तपाईंलाई यसबारे जानकारी नदिई, वा तपाईंलाई दर्ता रद्द गर्ने प्रतिलिपि उपलब्ध नगराई, दर्ता रद्द गरेको छ वा छैन भनी जाँच गर्न, तपाईंले नजिकैको क्रोएसियाली पेन्सन बीमा संस्थान (HZMO)को कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।

उनीहरूलाई कसरी सम्पर्क गर्ने?

यदि मेरो रोजगारदाताले मलाई मेरो जानकारी बिना नै दर्ता रद्द गर्नुभयो भने के हुन्छ? तपाईंले यसलाई राज्य निरीक्षणालयमा रिपोर्ट गर्न सक्नुहुन्छ (माथि वर्णन गरिएझैँ)।

 

समस्या: तलब नतिर्नु

के गर्ने? यदि तपाईंसँग समयावधि नाघेको, अर्थात् तिर्नुपर्ने, तलबको गणना छ भने तपाईंले प्राप्त गर्नु पर्ने, तर नगरेको तलबको अनुरोध फाइनान्सियल एजेन्सी (FINA) मार्फत गर्न सक्नुहुन्छ। रोजगारदाता तपाईंलाई यो गणना प्रदान गर्न बाध्य हुनेछ।

त्यसपछि तपाईंले गणनालाई FINA मा पठाउन सक्नुहुन्छ र यसरी अदालतको कार्यवाही बिना समस्या समाधान गर्न सक्नुहुन्छ। (धारा ९३ अनुच्छेद) श्रम ऐन ले गर्दा यो सम्भव छ ५.) देय, बक्यौता तलब, प्रवर्तन कागजात को गणना।

थप रूपमा, तपाईंले रोजगारदातालाई राज्य निरीक्षणालयमा रिपोर्ट गर्न सक्नुहुन्छ (माथि वर्णन गरिएझैँ)।

रोजगारदाताले मलाई तिर्नुपर्ने पारिश्रमिकको हिसाब नदिएमा वा निरीक्षणपछि पनि नतिरेमा के हुन्छ? यस अवस्थामा, तपाईं कानुनी कार्यवाही सुरु गर्न सक्नुहुन्छ, जसको लागि तपाईंलाई सम्भवतः एक वकिल वा संघ (यदि तपाईं सदस्य हुनुहुन्छ) को कानूनी मद्दत चाहिन्छ। नि:शुल्क कानूनी सहायताको लागि को हकदार छ र यो कसरी प्राप्त गर्ने भन्ने बारे जानकारी यहाँ पाउन सकिन्छ

मैले मेरो भुक्तान नगरिएको तलब दाबी गर्न कति समय हुन्छ? रोजगारदाताले तपाईंको तलब तिर्न आव्स्यक भएको दिनदेखि गणना गरी पाँच वर्ष भित्र यो गर्न सम्भव छ।

तलब नतिर्ने सम्बन्धमा तपाईंले हाम्रो अघिल्लो पाठमा थप जानकारी पाउन सक्नुहुन्छ

 

समस्या: कर्मचारीको चालु खाताको सट्टा तलब वा तलबको अंश “हातमा” भुक्तानी गरेमा

के गर्ने? तलब तिर्ने यो तरिका गैरकानूनी छ, र तपाईंले रोजगारदातालाई वित्त मन्त्रालयको कर प्रशासनमा रिपोर्ट गर्न सक्नुहुन्छ ।

कसरी उजुरी(रिपोर्ट) गर्ने? निम्न मध्ये एक तरिकामा:

के मलाई कर प्रशासनले जानकारी गराउनेछ यदि उनीहरूले प्रतिवेदनमा कार्य के कसरी गरे भनेर? होइन, कर निरीक्षकहरूको तपाईंलाई सूचित गर्ने दायित्व हुँदैन किनभने उनीहरू कानूनद्वारा कर निरीक्षणको बारेमा कर गोप्य राख्नु पर्दछ(सामान्य कर कानून, धारा ८)।

 

समस्या: काममा लागेको चोट त्यो रोजगारदाताले क्रोएसिया स्वास्थ्य बीमा संस्थान (HZZO) लाई रिपोर्ट नगरे

के गर्ने? कामदारलाई कामको क्रममा चोट लागेको अवस्थामा, रोजगारदाताले काममा भएको चोट बारे चोट लागेको मितिले ८ दिनभित्र सक्षम अधिकारीलाई रिपोर्ट गर्न सक्छ, अर्थात् क्रोएसिया स्वास्थ्य बीमा संस्थान (HZZO)।

रोजगारदाताले त्यसो नगरेको अवधि समाप्त भएको मितिले तीन वर्ष भित्रमा विदेशी कामदारसहित आफैले गर्न सक्नेछ। यदि आफूलाई आवश्यक छ भन्ने लाग्छ भने, काममा चोटपटक रिपोर्ट गर्नु अघि, कामदारले नजिकैको क्रोएसिया स्वास्थ्य बीमा संस्थान HZZO को कार्यालयमा थप विस्तृत जानकारी प्राप्त गर्न सक्छ वा यहाँ

 

समस्या: दुर्व्यवहार

दुर्व्यवहार कसरी चिन्ने? यद्यपि दुर्व्यवहारको कुनै कानुनी परिभाषा छैन, यसलाई सामान्यतया मनोवैज्ञानिक वा नैतिक दुर्व्यवहारको विशेषता भएको कार्यस्थल हिंसाको कुनै पनि रूप मानिन्छ।

यसमा विभिन्न प्रकारका परित्याग, अलगाव र काममा सामाजिक सम्पर्कहरू कायम राख्न असम्भव बनाउने, प्रतिष्ठामा आक्रमण वा पीडितको व्यक्तिगत विशेषताहरूको बारेमा नकारात्मक टिप्पणीहरू समावेश हुन सक्छन्।

उदाहरणको लागि कामको निरन्तर आलोचना र आपत्ति, अपमान वा बेवास्ता, अत्यधिक नियन्त्रण, जिम्मेवारी हस्तान्तरण, सजाय, कम कार्यसम्पादन मूल्याङ्कन, अगाडि बढ्न असक्षमता, अस्वीकार वा अनुपयुक्त र/वा अनुमोदित कार्यहरू दिनु, अनुचित स्थानान्तरण र यस्तै कार्यहरू जसले कामदारको स्वास्थ्य वा अधिकारको हनन हुन्छ।

कसलाई रिपोर्ट गर्ने? पहिलो चरणमा रोजगारदातालाई सम्पर्क गर्ने, अधिक सटीक रूपमा कामदारहरूको मर्यादाको सुरक्षाको लागि गुनासोहरू प्राप्त गर्न र समाधान गर्न अधिकृत व्यक्तिलाई सम्पर्क गर्नु हो । यदि त्यस पछि रोजगारदाताले तपाईंलाई पर्याप्त सुरक्षा प्रदान गर्दैन, अर्थात् दुर्व्यवहार रोक्नको लागि उपायहरू अपनाउँदैन वा यदि उनीहरू अनुपयुक्त छन् भने, तपाईंले अदालतको कार्यवाहीमा मर्यादाको सुरक्षाको लागि थप अनुरोध गर्न सक्नुहुन्छ। यसका लागि तपाईंलाई वकिल वा युनियन (यदि तपाईं सदस्य हुनुहुन्छ भने) को कानुनी सहयोग चाहिन सक्छ। नि:शुल्क कानूनी सहायता बारे जानकारी यहाँ पाउन सकिन्छ। यस अदालती प्रक्रियामा, तपाईंले कार्यस्थलमा दुर्व्यवहाको कारण, व्यक्तित्व अधिकारको उल्लङ्घनका कारण गैर-सम्पत्ति क्षतिको लागि क्षतिपूर्ति पनि दाबी गर्न सक्नुहुन्छ।

साथै, यस बीचमा रोजगारी सम्बन्ध जारी वा समाप्त भएको नभएको कुनै अवस्थामा, फौजदारी रिपोर्ट दर्ता गर्न नजिकैको प्रहरी स्टेशनमा सम्भव छ त्यो व्यक्ति विरुद्ध जसले स्वास्थ्यलाई हानि पुर्‍याउने वा कार्यस्थलमा वा कामको सम्बन्धमा अधिकारहरू उल्लङ्घन गर्ने गाली, अपमान र दुर्व्यवहार गर्ने तपाईंप्रति व्यवहार गरेको छ वा गरेको थियो भने यसले क्रोएसिया गणतन्त्रको आपराधिक कोडको धारा १३३ को “कार्यस्थलमा दुर्व्यवहार” को फौजदारी अपराधलाई प्रतिनिधित्व गर्न सक्छ। प्रत्येक व्यक्तिगत मामलाको परिस्थिति अनुसार, यो आपराधिक अपराधका तत्वहरू पूरा भएको छ कि छैन भनेर निर्धारण गरिनेछ।

अन्तमा, तपाईंले जाग्रेब, दोमोब्रान्सका ४ मा दुर्व्यवहार पीडितहरूलाई मद्दत गर्ने र शिक्षा दिने एसोसिएसनलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। (इमेल:udruga.mobing@zg.t-com.hr ; फोन: ०१/३९०७ ३०१)। एसोसिएसनमा तपाईंले कानुनी अर्थ र सम्भावित मनोवैज्ञानिक सहयोगको सन्दर्भमा दुर्व्यवहार पीडितहरूका लागि उपलब्ध विकल्पहरूको बारेमा थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

 

समस्या: भेदभाव

भेदभाव कसरी पहिचान गर्ने? यदि तपाईंको रोजगारदाता वा कार्यस्थलमा सहकर्मीहरू, वा काम बाहिर कुनै अन्य व्यक्तिले तपाईंलाई तपाईंको: जाति वा जातीय मूल वा छालाको रङ्ग, धर्म, भाषा, राष्ट्रिय वा सामाजिक उत्पत्ति, संघ सदस्यता, आर्थिक स्थिति, शैक्षिक, राजनीतिक वा अन्य विश्वास, सामाजिक स्थिति, उमेर, स्वास्थ्य अवस्था वा आनुवंशिक सम्पदा, असक्षमता, लैङ्गिक पहिचान र अभिव्यक्ति, यौन झुकाव, लिङ्ग र वैवाहिक वा पारिवारिक स्थितिको कारणले अन्य कामदारहरूको तुलनामा असुविधाजनक स्थितिमा राख्छ भने यो भेदभाव हुन सक्छ।

यी विशेषताहरूलाई भेदभावका आधारहरू भनिन्छ, र ती भेदभाव कानून विरोधी निर्धारित हुन्छन्।

भेदभावको उजुर (रिपोर्ट) कसलाई गर्ने? भेदभावको कुन आधारले तपाईंलाई कम अनुकूल स्थितिमा राख्छ भन्ने कुरामा यो निर्भर गर्दछ।

यदि माथि सूचीबद्ध अधिकांश आधारहरूको आधारमा भेदभाव भएको छ भने तपाईंले ओम्बडस्वूमन (हामी) लाई उजुरी पठाउन सक्नुहुन्छ। जब असक्षमता, लिङ्ग, लैङ्गिक पहिचान र अभिव्यक्ति, यौन झुकाव, वैवाहिक वा पारिवारिक स्थितिको आधारभूत कुरा आउँछ, तपाईंले विशेष ओम्बडस्वूमन मध्ये एकलाई उजुरी पठाउन सक्नुहुन्छ (तल व्याख्या गरिए अनुसार)।

तपाईंले हामीलाई उजुरी पठाउन सक्नुहुन्छ:

  • हुलाक द्वारा (साभ्सका सेस्ता ४१/३, १० ००० जाग्रेब)
  • इ-मेल द्वारा info@ombudsman.hr
  • तपाईंले खोल्न सक्ने फारम मार्फत PDF माWord ढाँचा
  • व्यक्तिगत रूपमा (घोषणा र अपोइन्टमेन्टको साथ) जाग्रेब, रिजेका, ओसिजेक वा स्प्लितको कार्यालयमा – निम्न मार्फत अपोइन्टमेन्ट अनुरोध गर्नुहोस्info@ombudsman.hr वा ०१ ४८५१ ८५५ (जाग्रेब), ०५१ ५६३ ७८६ (रिजेका) ०३१ ६२८ ०५४ (ओसिजेक) वा ०२१ ६८२ ९८१ (स्प्लिट) मा कल गरेर।

उजुरीमा निम्न कुराहरू लेख्नुपर्छ:

  • उजुरीकर्ता र/वा अधिकार उल्लङ्घन भएको व्यक्तिको नाम र थर
  • आवासीय ठेगाना वा जवाफ प्राप्त गर्नको लागि ठेगाना
  • परिस्थिति र तथ्यहरू जसमा गुनासो आधारित छ (अधिमानतः प्रासंगिक कागजातहरू)
  • कसले भेदभाव गर्छ भन्ने बारे जानकारी
  • कानूनी उपचार पहिले नै प्रयोग भइसकेको छ र कहिले दायर गरिएको थियो भन्ने बारे जानकारी
  • उजुरीकर्ताको हस्ताक्षर वा तपाईंले उजुरी पेश गरिरहनुभएको व्यक्तिको हस्ताक्षरित सहमति।

यदि यो अपाङ्गतामा आधारित भेदभावको बारेमा हो, तपाईंले अपाङ्गता भएका व्यक्तिहरूका लागि ओम्बडस्वूमनलाई उजुरी पठाउन सक्नुहुन्छ यो पृष्ठमा दिइएका निर्देशनहरू प्रयोग गरी

यदि यो लिंग, लैङ्गिक पहिचान र अभिव्यक्ति, यौन झुकाव, वैवाहिक वा पारिवारिक स्थितिमा आधारित भेदभावको बारेमा हो भने, तपाईंले लैङ्गिक समानताको लागि ओम्बडस्वूमनलाई उजुरी पठाउन सक्नुहुन्छ यस पृष्ठमा निर्देशनहरू प्रयोग गरी

यी मध्ये कुनै पनि अवस्थामा, तपाईंले यी कार्य पनि गर्न सक्नुहुन्छ:

 

कामदारहरूको अधिकारलाई सुदृढ पार्न ओम्बडस्वूमनका सिफारिसहरू (२०२२ को लागि ओम्बडस्वूमनको प्रतिवेदनबाट):

  • मानवअधिकार र राष्ट्रिय अल्पसंख्यक अधिकारको कार्यालयलाई, उनीहरूको वेबसाइटमा विदेशी कामदारहरूलाई, साथै ब्रोसर, पर्चा र यस्तै प्रकारको माध्यमबाट विभिन्न प्रणालीहरूमा उनीहरूको अधिकारको बारेमा जानकारी गराउन
  • राज्य निरीक्षणालयलाई, रोजगारी र कामको वैधानिकता, साथै तेस्रो देशका नागरिकहरूले काम गर्ने अवस्थाहरूको अनुगमनलाई तीव्र पार्न।